भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ। यही मङ्सिर ४ गते भएको चुनावमा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation