कास्की २ क मा नेकपा एमालेका भिम कार्की विजयी

कास्की । कास्की २ क मा प्रदेशसभामा नेकपा एमालेका भिमबहादुर कार्की विजयी हुनुभएको छ । उहाँले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो ।

सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गर्नुभयो ।
यो क्षेत्रमा २६ हाजर १ सय २५ मत खसेको थियो । त्यस मध्ये ९ सय २५ मत बदर भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation