रुपन्देही ४ ‘ख’ मा कांग्रेसका वसिउद्दिन खाँ विजयी

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन भने जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए । निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँ लाई विजयी घोषणा गरिएको छैन् ।

प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने उनले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation