विष्टलाई बधाई दिँदै झाक्रीले भनिन : निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो

बुटवल । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमार झाक्रीले मंसिर ४ को निर्वाचन आफ्ना लागि रोमाञ्चक रहेको बताएकी छन् । गुल्मी निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त प्रतिक्रिया जनाएकी हुन् ।

प्रतिनिधि निर्वाचनमा विजयी विष्टलाई बधाई दिँदै उनले निर्वाचनबाट जित-हार स्वभाविक भएपनि धेरै कुरा सिक्ने अवसर मिलेको उल्लेख गरेकी छन् ।  सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्-‘निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization  (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु।

मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी  हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका  सदस्यहरू गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, स्वयम् सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।’ उनले अगाडि लेखेकी छन्-‘साथै यो निर्वाचनमा विजयी मेरो आदारयीण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधै साथमा रहनेछु।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation