
काठमाण्डौ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त ९सीके० राउत विजयी हुनुभएको छ । उहाँ १८ हजार ६३ मतान्तरले विजयी हुनुभयो ।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयो । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गर्नुभयो ।
पृथकतावादी आन्दोलन छाडेर पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेका सीके राउत मधेस अभियन्ता र अध्ययनको हिसाबले इन्जिनियरसमेत हुनुहुन्छ ।