रूपन्देही ५ ‘क’ मा पहाडीलाई हराउदै एमालेका ढकाल निर्वाचित

उपकार अनलाइन, सैनामैना ।
रूपन्देही क्षेत्र नम्बर ५ क मा नेकपा एमालेका भुमिश्वर ढकाल विजयी भएका छन् । एमाले पोलिटब्युरो सदस्य समेत रहेका ढकाल १९ हजार ७८ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा माओवादी केन्द्रका विनोद पहाडिलाई ७ हजार ७ सय १० मतान्तरले हराउदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार ३ सय ६८ मत प्राप्त गरे । पहाडिलाई पाच दलिय गठवन्धनको साथ रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation