माओवादी अध्यक्ष प्रचण्ड विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्। गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट प्रचण्ड निर्वाचित भएका हुन्। प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरे‍का छन्। उनी भारी मतान्तरले जितेका छन्।

उनका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन्। उनीहरूबीच १३ हजार ४६६ मतान्तर छ । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा छन्। उनले ७ हजार ३९३ मत प्राप्त गरेका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation