रूपन्देही २ (क) मा एमालेका लिला गिरी विजयी

उपकार अनलाइन, सैनामैना ।
रूपन्देही क्षेत्र नम्बर २ (क) बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला गिरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशका पुर्व मन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो। गिरी लुम्बिनी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार समेत हुन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation