अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

उपकार अनलाइन, सैनामैना ।

अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी छन्।

निवर्तमान उपसभामुखसमेत रहेकी भुसाललाई रायमाझीले १७ सय ३० मत अन्तरले पराजित गरेका हुन्। पटकपटक मन्त्रीसहित उपप्रधानमन्त्रीसमेत भइसकेका रायमाझीको संसद यात्रा यो चौथोपटक हो। यसअघि २०६४, २०७० र २०७४ मा पनि उनी अर्घाखाँचीबाट निर्वाचित भएका थिए।

कुल मतदाता १ लाख ६४ हजार ७ सय ६८ रहेकोमा ८९ हजार ४ सय ३२ मत खसेको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation