प्युठान प्रदेश ख मा काङ्ग्रेसका सरोज थापा विजयी

उपकार अनलाइन, प्युठान।
प्युठान १ प्रदेश ख मा नेपाली काङ्ग्रेसका युवा एवम् प्रभावशाली नेता सरोज थापा (रोज राणा) विजयी हुनु भएको छ। उहाँले २२५१८ मतका साथ नेकपा एमालेका हरी रिजाललाई पराजित गर्नु भएको हो।

राणाले २२५१८प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रिजालले २०८०७ मत पाउनु भएको छ। प्रदेश ख मा नौवहिनी गाउँपालिका, झिम्रुक गाउँपालिका, गौमुखी गाउँपालिका, मल्लरानी गाउँपालिका र प्युठान नगरपालिका सहितका ३३ वडाहरु पर्दछन्।राणा १७१२ मतान्तरले विजयी हुनु भएको हो। पराजित रिजाल भने नि वर्तमान लुम्बिनी प्रदेशको सांसद एवम् पुर्व मन्त्री समेत हुनु हुन्छ ।करिव ३१ वर्ष पश्चात प्युठानबाट नेपाली काङ्ग्रेस विजयी भएको हो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation