रौतहटको गौर उद्योगमा आगलागी हुँदा ३ जनाको मृत्यु

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. १ मा रहेको इस्लाम कपास डसना उधोगमा भिषण आगलागी हुँदा इस्लाम मियाको (१ छोरा र २ छोरी) रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको ज्यान गएको छ । १ छोरा गम्भीर घाइते छन ।

गौर नगरपालिकाको फायर बिग्रेड, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा गरिएको थियो । उक्त आगो लागेको खबर सुन्ना साथ राती १२ बजे गौर नगरपालिका प्रमुख शम्भु साह घटना स्थलमै पुगी आगो निभाउने कार्यमा सक्रिय भूमिका खेलेका थिए ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation