चितवन २ बाट लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ।

उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको छ । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation