कपिलवस्तु ३ (क) मा ७ मतान्तरका साथ एमालेका केसी विजयी

कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा ९एमाले० का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् ।

एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए । ०७४ मा पनि तत्कालिन बाम(गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।

गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण प्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् ।

सत्ता(गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत पाएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation