पुर्वमन्त्री बलदेवलाइ फराकिलो मतान्तरले हराए एमालेका अधिकारिले

कपिलवस्तु ।
कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी निक्कै फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ । गठबन्धन बाट माओवादीका उम्मेद्वार चक्रपाणी खनाल (बलदेव) लाई १५ हाजार ४२९ को फराकिलो मतान्तरले पराजित गर्नुभएको हो ।

अन्तीम मतपरिणम अनुसार एमालेका अधिकारीले ३३६१९ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिसप्रधि माओवादीका खनालले १८१९० मत प्राप्त गर्नुभएको छ । तर यसको अधिकारीक घोषण हुन भने बाँकि रहेको छ ।

एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज समेत रहेका अधिकारीको फराकिलो मतान्तर सहितको विजयीले कपिलवस्तु १ मा निक्कै रोचक मानिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation