शंकर पोखरेल : नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् ।

शुक्रबार नेकपा एमाले दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको यो जनमतले राजनीतिक स्थायित्व थप संकटमा परेको बताएका हुन् ।

‘नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको छ। त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतर्फ लैजाने कुरामा नयाँ प्रकारको चुनौती पैदा भएको छ,’ उनले भने, ‘हामीले विकास र समृद्धिका लागि धेरै राजनीतिक दलहरू होइन बलिया राजनीतिक शक्तिको आवश्यकता पर्छ भनेका थियौँ ।’

यद्यपि, नेपालका प्रमुख दलहरू नेकपा एमाले र नेपाली कांग्रेस हुन् भन्ने कुराको सच्याइलाई परिणामले उजागर गरेको छ ।’ उनले त्यसका लागि नयाँ शिराबाट प्रयास गर्नुपर्ने अवस्था र आवश्यकता देखिएको बताए । उनले नेकपा एमालेले मुलुकलाई स्थायित्वतर्फ लैजान गरेको प्रयास जनादेशका दृष्टिकोणले असफल भएको बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation