कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अचार्य र पाण्डेय तथा ३ बाट गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन । आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन ।

यस्तै राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमद शाहले ११२३ मत पाएका छन । यस्तै कपिलवस्तु प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले पहिलो जित निकालेको हो ।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन । उनी ८९१ मतान्तरले निर्वाचित भएका छन । पाण्डेयले १४ हजार १८५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्म बहादुर लाल श्रीवास्तवले १३ हजार ३९४ मत प्राप्त गरेका छन । ०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा श्रीवास्तवसँग पराजित पाण्डेयले अहिले उनलाई पराजित गरेर प्रदेश सभा सदस्य बनेका हुन ।

त्यस्तै गरि कपिलवस्तको क्षेत्र नं. ३ मा एमालेका मंगल प्रसाद गुप्ता विजयी भएका छन । उनले नेपाली कांग्रेसका अभिषेक प्रताप शाहलाई पराजित गरेका हुन । अन्तिम मतपरिणाम अनुसार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरे । गुप्ताले ३ हजार ६३७ मतान्तरले पराजित गरेका हुन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation