रवि लामिछानेको चुनावी खर्च : ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ

काठमाण्डाै ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्चकाे विवरण सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभामा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले चुनाव प्रचारप्रसारका क्रममा ११ लाख ८१  हजार  ४ सय ७२ रुपैयाँ  खर्च भएको बताउनुभएको हो  ।

उहाँले सामाजिक सञ्जालमार्फत् चितवन-२ का मतदाताहरुलाई धन्यवाद दिँदै आजबाट विजयको खुसियाली मनाउने  कार्यक्रमहरु सकिएको जानकारी गराउनुभएको छ ।

उहाँले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताउनु भएको छ । यसैबीच उहाँले राजनीतिक भेटघाट र पार्टीको महत्त्वपूर्ण कामका लागि आज बेलुका चितवनबाट काठमाण्डौ आउने र आजबाटै काममा लाग्ने बताउनुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation