कपिलवस्तु १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको हिजो अन्तिम मतपरिणाम आए सङ्गै आज आइतवार प्रमाणपत्र वितरण गरिएको हो ।

कपिलवस्तु क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीको अध्यक्षतामा निर्वाचन कार्यालयकै प्राङ्गणमा एक प्रतिनिधिसभा सांसद र दुई प्रदेशसभा सांसदहरुलाई प्रमाण प्रत्र वितरण गरिएको हो । हिजो आएको अन्तिम मतपरिणम अनुसार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ३४ हाजार ६५७ मत ल्याउनु भएको छ भने गठबन्धनका माओवादीका उम्मेद्वार चक्रपाणी खनाल बलदेवल १८ हाजार ९८३ मत पाउनु भएको छ ।

त्यस्तै क्षेत्र नम्बर १ को १ तर्फ नेकपा एमालेका विष्णु पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले २० हाजार २४७ मत प्राप्त गर्नुभएको छ भने उहँका निकटतम प्रतिसपर्धी गठबनधन काङ्ग्रेसका उम्मेद्वार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा २ मा पनि एमालेकै मधुसूदनशरण चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले ११‚७४८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिसपर्धी कांग्रेस गठबनधनका उम्मेदवार सहसराम यादवले २६ सय ८२ मत प्राप्त गनुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation