कपिलवस्तुमा जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा तथा शिलान्यास

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा वडा नम्बर १ बुद्ध पदम स्कुल को खेल मैदानमा यहि मिति २०७९ मंसिर ११ गते आइतबार साँझ ७ बजे देखि जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा तथा सुन्नी जमा मस्जिदको शिलान्यास कार्यक्रम भव्य रुपका साथ सम्पन्न भएको छ ।

उक्त रहमते आलम कन्फरेन्स जलसा मा छिमेकी राष्ट्र भारत महाराष्ट्र मुम्बई बाट मौलाना सरोज अहमद चिस्ती , आजमगढ बाट मशहुद बरकाती, बलरामपुर बाट फैजान रजा जमाली, कानपुर बाट नुर अलि नुर कानपुरी, सिधार्थनगर बाट राही वस्ताबी, मुरादाबाद बाट सय्यद फैजानुदिन, सिद्धार्थनगर बाट मौलाना बेलाल लगायत नेपाल अधिराज्य भरीका मौलाना तथा सायरहरुको भव्य उपस्थित रहको थियो । इस्लाम धर्मालम्बीहरुले गर्नु पर्ने कार्य र इस्लाम सम्बन्धित जानकारी उक्त जलसा कार्यक्रममा दिएका थिए ।

उक्त कार्यक्रममा पढेर निस्केका हाफिजहरु लाई प्रमाण पत्रबाट सम्मानित गरिएको थियो तथा मंसिर १२ गते भव्य रुपका साथ मदरसा अहले सुन्नत नाइमुल वोलुम मस्जिद तौलिहवाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त शिलान्यास कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं।१ का वडा अध्यक्ष जाहिद खाँ, मुमताज खाँ, महफुज खाँ, रमिम खाँ पत्रकार असलम खाँ , मदरसा अहले सुन्नत नैमुल वोलुम मस्जिद तौलिहवा का पेश इमाम हजरत अलि हसन निजामी लगायत मदरसा अहले सुन्नत नाइमुल वोलुमका कमेटीका अध्यक्ष अधिवक्ता रउफ अहमद खाँ, उपाध्यक्ष निजादुदिन सिद्धकी सचिव अब्दुल गफफार दर्जी कोषाध्यक्ष जााहिद खाँ सदस्यहरु स्( इबरार खाँ , जाबेद अहमद शेख, कमाल अहमद दर्जी, अकबर अलि सब्बाग को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation