वडा अध्यक्ष खाँ को अगुवाइमा तौलिहवाको निर्माणधिन चिल्ड्रेन पार्क मर्मत गराउन पहल

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष जाहिद खाँ को अगुवाइमा कपिलवस्तु नगरपालिका वडा नं. १ तौलिहवा स्थित रहेको निर्माणधिन चिल्ड्रेन पार्कको मर्मत तथा सुधार गर्नको लागि पहल थालिएको छ । प्रयटन डिभिजन कार्यालय, रुपन्देही को निमित्त कार्यालय प्रमुख अस्त राज गौतम लगायतका टिमलाई बोलाई मर्मत तथा सुधारका लागि निरक्षण गराई मर्मत गर्न स्टिमेट तयार पारेका वडा अध्यक्ष खाँ ले बताउनु जानकारी दिनुभएको छ ।

अस्त राज गौतमका अनुसार यसको मर्मत तथा सुधारका लागि स्टिमेट तयार पारी यताशिर्घ यसको मर्मत तथा सुधार गरिने बताइएको छ । वडा अध्यक्ष जाहिद खाँ का अनुसार प्रयटन डिभिजन कार्यालय, रुपन्देही बाट प्रमुख लगायत टिम हरुलाई बोलाइ यसको मर्मत तथा सुधारका लागि स्टिमेट तयार गराएका हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ अन्तर्गत रहेको निर्माणधिन चिल्ड्रेन पार्क प्रयोग बिहिन रहेकाले यस पार्कलाई पुन सन्चालनमा ल्याउने र यसमा बत्तिहरु जडान गरिने फुलहरू लगाई यस पार्कलाई राम्रो तथा व्यवस्थित गराउने पहल गर्ने वडा अध्यक्ष खाँ ले बताउनु भएको छ । यस्ता उदाहरणीय कार्यको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का जनताहरुले प्रसंसा गरेका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation