रुपन्देही बाट फरार अभियुक्त पक्राउ

रुपन्देही। रुपन्देही कञ्चन गाउँपालिका –५ का एक वर्षदेखि फरार अभियुक्त यमलाल पाण्डे पक्राउ परेका छन् । २०७६ सालमा वुटवलमा पाण्डेको सवारीले ठक्कर दिंदा एक जना स्थानीयको मृत्यु भएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले एक वर्षको कैद र दुई हजार रुपियाँ जरिवाना तोकेको थियो । सोपछि उनी फरार भएका थिए ।

दुर्घटनामा आफ्नो मान्छेको ज्यान गएपछि मृतकका आफन्त मिनबहादुर घर्तीले इलाका प्रहरी कार्यलय वुटवलमा जाहेरी दिनुभएको थियो । अभियुक्त पाण्डे रुपन्देहीमै लुकिछिपी बसेको थाहा पाएपछि प्रहरीले उनको निगरानी गरिरहेको थियो । १३ गते मंगलबार विहान ईलाका प्रहरी सालझण्डीको टिमले उनलाई घरबाट प्रकाउ गरेको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासनीले बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation