राइकोट जिप दुर्घटना मृतकको संख्या ४ पुग्यो, १० जना घाइते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार मृत्युहुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सबै स्थानीय बौदीकाली र बुलिंटार गाउँपालिकाका बासिन्दा थिए ।

दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ कान्छीपानीमा ग ०४००१ च ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खसेको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation