कपिलवस्तुको मायादेवीमा भारतिय नागरिक माथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा बिहीबार साँझ एक भारतिय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएपनि गोली प्रहार गर्नेको पहिचान हुन भने सकेको छैन ।

नेपालमा रहेको एक होटलमा बसेका भारतको सिद्धार्थनगर अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि बिहीबार साँझ दुई गोली प्रहार भएको हो । नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेका उनलाई उपचारको लागि भारतको नौगढ हुँदै गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ । बिहीबार साँझ भारतीय नागरिकमाथि दुई गोली प्रहार भएको र भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation