भारत जाने क्रममा युवक बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

रुपन्देही । भारत जाने क्रममा रुपन्देहीका एक युवक बेपत्ता भएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ रातोडाडाँ बस्ने भिमबहादुर मगर र शान्ति मगरका छोरा ३० वर्षीय प्रेम मगर कार्तिक २८ गते भारतको केरेला जाने क्रममा विजयवाडा स्थित रेलवे स्टेशनबाट हराएको उनका भाई रोशन मगरले बताएका छन् । कार्तिक २६ गते चारजना साथीहरु टोम बहादर पुन, राहुल परियार, अनमोल पुरी र प्रेम मगर गरि ४ जना घरबाट हिडेका थिए । रेलवे स्टेशनमा रेल सुस्त गतिमा हिडेको समयमा रेल भित्र नै हिडिरहेका उनी एक्कासी हराएको उनीसँगै गएका साथीहरुले बताएका छन् ।
मानसिक सन्तुलन कमजोर रहेका मगरको खोजी कार्यमा सहयोग गरिदिनका लागि कार्तिक २९ गते परिवारले ईलाका प्रहरी कार्यालय रुद्रपुरमा निवेदन दिएका थिए । ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक ओम खत्रीले उनको खोजी भईरहेको बताएका छन् । खत्रीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला भरी नै जानकारी गराईएर खोजी गरिरहेको जनाएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation