नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुलबाट ट्रक खस्दा एकको मृत्यु

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । मृतकका आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको उनले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation