लैङ्गिक हिम्सा विरुद्धको १६ दिने अभियानको अवसरमा वक्तित्वकला प्रतियोगिता

गुल्मी । गुल्मीको रुरु क्षेत्रगाउँपालिकामा लैङ्गिक हिम्सा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत माध्यामिक बिध्यालय र आधारभूत बिद्यालयका १३ बिद्यालयका बिद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता कार्यक्रम पालिकाकामा सम्पन्न भएको छ । सब्य समाजको पहिचान लैङ्गिक हिम्सा विरुद्धको अभियान भन्ने शीर्षकमा आयोजना गरिएको कार्यक्रममा जनज्योति माबि रिमुवाका सन्देश पौडेल प्रथम भरेक आधारभुत बिध्यालय रुरु २ का रोसन बराल द्वितीय रिडी माबि कि भगबति कुवर तृतीय र संस्कृत तथा साधारण मावि रिडीका प्रतिक पोख्रेलले सान्त्वना स्थान हासिल गरेका हुन।

पालिकाका अध्यक्ष यदुज्ञवालीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल वडा न १ का वडा अध्यक्ष नवराज बिक वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल , वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ , कार्यापालिका सदस्यहरु , जन प्रतिनिधिहरु सरोकारवाला हरु विभिन्न बिधालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु पत्रकार र पालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बिजेता बिद्यार्थी तथा बिधालयहरु लाई नगद , जिन्सी र प्रमाणपत्र बितरण गरिएको थियो। समारोहमा बोल्दै अधिकृत पौडेलले यस्ता सचेतनात्मक कार्यक्रम बर्षमा १ मात्र गरेर नहुने र हरेक बिध्यालय गाउँ टोल छिमेकमा समय समयमा गर्न सकिने हो भने सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।

यस्तै अध्यक्ष ज्ञवालीले अवका बर्षहरुमा पालिका बिधालय टोल बस्तिमा चेतनामुलक कार्यक्रम सडक नाटक ब्रोसर र कक्षा समेत प्रहरी सित समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जायर गर्नु भयो । बिद्यार्थीको भनाइ लाई नतिजाको रुपमा सफल पार्न पशुपति कंडेल हरि प्रसाद चुदालि र रुरुका शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले निर्णयकको भुमिका निर्बाहा गर्नु भएको थियो। कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दामोदर ज्ञवालीले गर्नु भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation