उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई

कपिलवस्तु  । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दिन खान लाई अहिले फेरि रूपन्देही जिल्ला बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा उहांलाई भेटेर हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

खां मंत्री हुदा प्रदेशको शिक्षामा आपेक्षित सुधार गर्न हरेक सम्भव प्रयास गरेका तथा मदरसा शिक्षाको व्यावस्थापनमा राम्रो पहल गरेको र बहुसंख्यक तथा अल्पसंख्यक समुदायको समेत मन जित्न सफल मंत्रीका रूपमा रहन सफल समेत रहेकाले अब बन्ने लुम्बिनी प्रदेश सरकारमा उहाँ फेरि मंत्री बन्नु पर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताए ।

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी, अकिल अहमद, तोफेल खान लगायत समेतले खां लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation