तिलोत्तमा मेलामा दर्शकको घुईंचो, मेला दुई दिन थपियो

उपकार अनलाइन, सैनामैना ।
तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शकको घुईंचो बढेको छ । दर्शकको घुईंचो बढेपछि ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको छ । शनिबार विदाको दिन परेकाले दर्शक उपभोक्ताको घुईंचो बढेको हो ।
मेलामा शनिबार ब्याडमिन्टन प्रतियोगिता पनि शुरु भएको छ । प्रतियोगितामा ३५ टिमले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा सेमी फाइनलका खेल आईतबार हुने खेल ब्यवस्थापन उपसमिति संयोजक विवश थापा मगरले जानकारी दिए ।
यसैबीच शनिबार चर्चित गायक गायिकाहरु विष्णु खत्री, कृष्ण रेउले, प्रचण्ड जीसी, विधान कार्की, दुर्गा नेपाल, सुजाता पाण्डे, आशिका थापा, उद्घोषक दिपु मगर, दुर्गा गुरुङ लगायतले मनोरन्जन प्रदान गरेका छन् । नाइट कन्सटमा भने ज्योति मगरको दमदार प्रस्तुति रहेको सांस्कृतिक संयोजक युवराज पराजुलीले जानकारी दिए । ज्योतिले युवा युवतिहरुलाई निकै रोमान्चक बनाइन् । उनीहरु समुहमा नाचेर झन् ज्योतिलाई उत्साहित बनाए ।
मेलामा सोनी डान्स ग्रुपका डान्सरले पनि उत्कृष्ट कला प्रस्तुत गरे । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका छन् ।
यसैबीच मेलामा आईतबार लोकप्रिय गायक गायिकाहरु पशुपति शर्मा, राजेन्द्र गिरी, संगिता चितौरे, उद्घोषक विकास भट्टराई लागायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् । नाइट कन्सर्टमा भने माइला र्यापरको प्रस्तुति रहने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation