रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनद्धारा न्यानो कपडा वितरण

उपकार अनलाइन, कपिलवस्तु ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ मधौली निवासी एकल महिला मोति थारु लाई ११ हजार बराबरको न्यानो कपडा साथै अन्य सामग्री हस्तान्तरण गरेको छ ।

अन्तरास्ट्रिय सामाजिक सस्था, स्वार्थ भन्दा माथी सेवा भन्ने मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै सामाजिक एवम् मानविय कार्य गर्दै आइरहेको रोटरी इन्टरनेस्नलको अभिन्न अङ्गको रुपमा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले यस क्षेत्रमा विभिन्न मानवीय कार्य गर्दै आइरहेको छ । ८५ बर्षिय आशक्त ,बयोवृद्ध एवं एकल महिलाको मलिन चेहरामा मुस्कान ल्याउनको निम्ति क्लवमा कृयासिल रोटरीयनहरुले सामाग्रीहरु सौजन्य गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष रो.मोहन बेल्बासे, निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रो. माधब भाट , सचिव रो. कान्ता गहतराज, सर्जन एट आम्स रो.हेमन्त थापा , सीता भाट क्षेत्री स्थानीय सामाजिक व्याक्तित्व बिष्णु के.सि. लगायतको उपस्थिति रहेको थियो।।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation