मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको ज्यान गयो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

३२ वर्षका चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेका भए पनि तर आज बिहान मात्रै स्थानीयले देखेर घटनाबारे खबर गरेका प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation