दाङमा हनी ट्र्याप गर्ने ३ जना पक्राउ

दाङ । दाङमा प्रहरीले आपराधिक लाभ हनी ट्र्याप गर्ने २ जना महिला र १ जना पुरुष गरी ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर-१८ ग्वारखोला बस्ने ३८ वर्षकी कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगर-१० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने रुद्रबहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुरका एक व्यवसायीलाई ब्ल्याकमेलिङ गरी रकम माग्ने र बलात्कारको मुद्दा हाल्ने भन्दै करोडको बार्गेनिङ गर्दै आएका थिए। बार्गेनिङ गरेपछि ती व्यवसायीले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई यही मंसिर १६ गते साँझ करिब ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी राजनकुमार गौतमले जानकारी दिए।  घोराही उपमहानगर-१६ सर्रास्थित रहेको कोबिला रिसोर्टबाट उनीहरू पक्राउ परेका थिए।

प्रहरीका अनुसार विगतमा रहेको व्यक्तिगत सम्बन्ध दुरुपयोग गरी गढवा गापा-६ घर भई हाल तुलसीपुर बस्ने गहतराजले आफन्त साथीहरूको सहयोगबाट बार्गेनिङ गरी केही समयदेखि आर्थिक लाभ लिँदै आएको थिइन् तर पीडित जाहेरवाला आफूलाई पटक पटकको डर धाक धम्की दिँदै आएको र त्यो सहन नसकी प्रहरीमा जाहेरी दिएका थिए।

उनीहरूले पीडितबाट ठूलो रकम आपराधिक लाभ लिने उद्देश्यले माग गरिरहेको र उनीहरूउपर आपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation