अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा सम्वन्धि गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा आज सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता रहेको थियो।

कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष अधिकारीले कार्यक्रमको प्रभाकारी अनुगमनमा जोड दिनु भयो।साथै उहाँले कार्यक्रमलाई सफल पार्न सवै जनप्रतिनिधिको रचनात्मक साथ सहयोगको समेत अपेक्षा राख्नु भयो।यस्तै गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले कार्यक्रम लाई सफल र प्रभावकारी ढङ्गले सञ्चालन गर्न नयाँ कार्यविधि नै बनाएर जानू पर्ने बताउनु भयो।

उता प्रमुख प्रसाशकीय अधिकृत प्रकाश पाण्डेले कार्यक्रमलाई गुणात्मक र परिणात्क रुपमा रुपान्तरण गर्नु पर्ने आवश्यकता अौल्याउनु भयो ।कार्यक्रममा धारणा राख्ने सवै वक्ताहरुले कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनु भएको थियो।।कार्यक्रम मार्फत दुई वटा आर्थिक वर्षमा १७०जना उद्यमीहरुलाइ विभिन्न प्रकारका सिपमुलक तालिमहरु प्रदान गरिएको गाउँपालिकाको लघु उद्यम विकास शाखाले जनाएको छ।कार्यक्रम स्थानीय स्रोत साधन,लक्षित वर्गको चाहना र वजार सम्वन्धलाई आधार मानी विभिन्न ६वटा चरणमा पूरा हुने प्रावधान रहेको समेत शाखा ले जनाएको छ।

कार्यक्रममा ५ वटै वडाका वडाध्यक्षहरु,गाउँकार्यपालिकाका सदस्यहरु,गाउँसभाका सदस्य हरु,फोकल प्रशन धुर्व कुमार पोखरेल,विषयगत शाखा प्रमुखहरुसहितका विशिष्ट व्यक्तित्व हरको उपस्थिति रहेको थियो।कार्यक्रममा कार्यक्रम कार्यान्वयन प्रकृयाका सम्वन्धमा जानकारी दिईएको थियो।साथै कार्यक्रम सञ्चालनका लागि वडा नं।१तिराम र वडा नं.२मर्कावाङ्गलाइ सर्वसम्मत छनौट गरिएको उद्यम विकास सहजकर्ता टोप बहादुर खत्री क्षेत्रीले जानकारी दिनु भयो।

यश आर्थिक वर्षमा पालिका भर ८५जना नयाँ लघु उद्यमी सिर्जना गर्ने तथा ४०जना भैरहेका लघु उद्यमीहरुको स्तरन्नोति गर्ने कार्यक्रम रहेको पनि उहाँले बताउनु भयो।कार्यक्रम आर्थिक वर्ष २०७७ देखि नेपालका ७५३वटै स्थानीय तहहरुमा नियमित सञ्चालनमा छ।कार्यक्रमका फोकल पर्शन धुर्व कुमार पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण वरिष्ठ उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपालीले गर्नु भएको थियोे ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation