बुटवल बाट लागु औषधसहित २ जना युवा पक्राउ

बुटवल । बुटवलको ट्राफिक चोकमा लागु औषधसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ का ३१ वर्षीय कृष्ण थापा र सोही ठाउँकै ४४ वर्षका आनन्द केसी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले मगंलबार बुटवलको ट्राफिक चोकमा ग २२ प ५५९१ नम्बरको डियो स्कुटरमा सवार थापाको साथबाट नुफिन १० सि।सि डाईजेपाम १० सि.सि र फेनारागन १० सि.सि र आनन्द केसिको साथबाट नुफिन २ सि।सि डाईजेपाम २ सि.सि र फेनारागन २ सि.सि आगु औषध बरामद गरेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation