उचित तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने भन्दै अनेरास्ववियु सिद्धार्थ क्याम्पसको ध्यानाकर्षण पत्र

कपिलवस्तु । विगत केहि दिनदेखि कपिलवस्तु र विशेष गरि बाणगंगा नगरपालिका भित्र चर्चाको विषय बनेको बाणगंगाको फोहोर व्यवस्थापनको विषयमा अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले चासो देखाएको छ । बाणगंगा नदि किनारमा रहेको डम्पिङ साइटमा आगो लागेर वातावरणमा गम्भिर असर पर्दा सम्म नगरले वेवास्ता गरेको भन्दै नगरको तिव्र आलोचना भैरेको छ । सोहि विषयमा आज अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीका अध्यक्ष पशुपति गिरीको संयोजकत्वमा गएको विद्यार्थीहरुको समुहले नगर प्रमुख चक्रपाणी अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

बस्ती, विद्यालय र बाटो देखी निक्कै नजिक रहेको डम्पिङ साइटमा केहि दिनदेखि लागेको आगोका कारण श्वासप्रश्वासमा गम्भिर असर परेको भन्दै अबको १० दिनमा फोहोर व्यवस्थापन सम्बन्धी उचित कदम नचाले विद्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर अर्यालले फोहोर व्यवस्थापनमा नगर गम्भिर भएको बताउँदै आगो लगाउने व्याक्तिको खोजिकार्य भैरहेको र सङकास्पद व्याक्ति माथि अनुसन्धान भैरहेको बताउनु भएको छ । फोहोर र फोहोरमा लागेको आगोको धुँवाले पार्ने असर प्रति नगर गम्भिर भएकोले फोहोरको व्यवस्थापनमा लागिपरेको बताउनु भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation