रुरुक्षेत्र १ का सदस्य आफै बिजुलीको पोलमा चढेर सडक बत्तिको व्यवस्थापन गर्दै

गुल्मी । रुरुक्षेत्र १ बँगैचाका गँगा बहादुर थापाले अचम्म मानेर हेर्दै थिए । उनलाई यो कुरा पत्यार नेै लागेन पहिले तर कुरा वास्तविक थियो । रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवाली ,शुसिल श्रेष्ठ र वडाध्यक्ष नवराज वि क दस बज्दा नबज्दै रिडीबजार झरे र कम्मरमा सेफ्टि बेल्ट बाँधेर बिजुलीका पोलमा चढेर सडक बत्तिको व्यवस्थापन गर्न लागे ।

गाउँको जनप्रतिनिधि नै बिजुलीका पोलहरुमा चढ्ने, बिजुली मर्मत गर्ने र समुदायका लागि खट्ने जन प्रतिनिधिको कामको खटन पटन देख्दा रिडीबजारका गँगा थापा मात्र होईन स्थानीय भरत ज्ञवाली, राम प्रसाद जोशी लगाएत दर्जनौँ रिडी वासिहरुले जोखिम मोलेर घनस्याम ज्ञवालीले गरेको काम हेरि मात्र रहेनन गँगा थापाले त अब रुरुक्षेत्र गाउँपालिकामा केही नयाँ हुने आशा पलाएको टिप्पणी समेत गरे ।

गत स्थानीय निर्वाचनमा स्थानीय रुरुक्षेत्र १ मा नेकपा एमालेको तर्फबाट ९ सय सतसठ्ठि मत सहित विजयी बनेका घनस्याम ज्ञवाली निर्वाचित भएकै केही दिन मै स्थानीय भट्कुवामा करिब १५ वटा बिजुलीका पोल ब्यवस्थित गर्न पोल पोलमा चढेर काम गरेका थिए । पछिल्लो चरणमा त वडा भित्रका गरिब दुखिका घरमा बिग्रेका बिजुली मर्मत गरेर अँध्यारो बस्तिलाई उज्यालो बनाउने काममा जुटेका छन ।

उनले गरेको काम काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाँगको भन्दा कम छैन तर उनी गुपचुप छन र प्रचारप्रसार लाई भन्दा कामलाई महत्त्व दिन्छन् । जनताले हामीलाई काम गर्न पठाएका हुन ,व्यानर अनुसारका कार्यक्रम भन्दै फोटा हालेर आफ्नै प्रचारप्रसार गर्न पठाएका होइनन ,हामीले हाम्रो कामले जनताको सेवा गर्ने र मन जित्ने हो उनले भने । घनस्याम ज्ञवाली कहिल्यै स्क्याण्डल बन्न चाहेनन ।

जनप्रतिनिधि नहुँदा समेत थोर्गाको च्यूरेक र थानपती क्षेत्रमा केबल नेटवर्क मार्फत सन्चार पुर्याएका उनी पछिल्लो समय गाउँमा ईन्टरनेट सेवा विस्तार गर्ने पहिलो व्यक्ति हुन । गज्जब त के छ भने उनको घर रहेको स्यालपोखरी क्षेत्रमा वाईफाई सबैका लागि फ्रि छ जो कोहि पनि उनको घरक्षेत्रमा पुगेपछि मोवाईलमा घोप्टिएर सामाजिक सन्जालमा व्यस्त रहेको भेटिन्छन ।

त्यसो त घनस्याम ज्ञवालीलाई वडाध्यक्ष नवराज वि क ,वडासदस्य शुसिल श्रेष्ठको उत्तिकै साथ छ तर काम गर्ने ईच्छाशक्ति वडा सदस्य घनस्याम ज्ञवालीमा छ । पछिल्लो चरणमा जनताले भाषण होईन ,जनप्रतिनिधि बाट काम खोज्छ ,तत्काल डेलिभरि चाहन्छ ,बिग्रेको बाटो बनोस ,चौविसै घण्टा बिजुली बलोस ,पानीको अभाव नहोस ,स्वास्थ शिक्षा सामाजिक विकास पुर्वाधार निर्माण यथासिध्र होस भन्ने चाहन्छन र यहि कुरा बुझेका युवा जनप्रतिनिधि घनस्याम ज्ञवाली जनता बिच आफुलाई स्थापित गर्न मज्जाले लागेका मात्र छैनन पाँच वर्ष पछिका लागि रुरुक्षेत्र गाउँपालिका वडा न १ को वडाध्यक्षको बलियो दावेदारका रुपमा आफुलाई उभ्याउन सक्ने हैसियत निर्माण गर्दै अगाडि बढेका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation