हुलाकि राजमार्ग अन्तर्गतका घर हटाउन विजयनगर गाउँपालिकाद्वारा सूचना जारी

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर/टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ।
हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर-तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घररटहरा हटाउन सूचना जारी गरेको छ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजालले आज एक सुचना जारी गर्दै १५ दिन भित्र सडकको स्विकृत डि पि आर अनुसार सडकको रेखांकन कायम भएको क्षेत्रमा रहेका घररटहरा हटाउन आग्रह गर्नु भएको छ। समय सिमा भित्र नहटाएमा प्रचलित कानुन बमो हटाउने सुचनामा उल्लेख छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation