चीनभन्दा नेपाल र भारतका मुस्लिम बढी स्वतन्त्र : जसपा प्रवक्ता पठान

कपिलवस्तु । चीनले मुस्लिम समुदायहरुको स्वतन्त्रता माथि बारम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनु भएको छ ।

जनता समाजबादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहनुभएका नेता अकरम पठानले चिनियाँ दमन विरुद्ध प्रक्रिया दिदै नेपाल र भारतमा बसोबास गर्ने मुस्लिम समुदाय अधिक स्वतन्त्र एवं सुरक्षित महसुस गरिरहेको बताउनुभयो । भारतमा लगभग बीस करोड मुस्लिम धर्मावलम्बी छन भने नेपालमा पनि कुल जनसंख्याको चार प्रतिशत मुस्लिम समुदायहरु रहेका छन ।

लुम्बिनी प्रदेशमा धेरै संख्यामा मुस्लिम समुदायका नेपाली स्वतन्त्रता पुर्वक बसोबास गरिरहेका छन । तिनका हकहितका लागि मुस्लिम आयोग छ । जुन सक्रियताका साथ काम गरिरहेको छ । तर चीनमा बर्षौंदेखि दासत्वका जीवन व्यातित गरिरहेका उईगुर मुस्लिमको हकहितका लागि कुनै अन्तर्राष्ट्रिय संस्थाले आवाज उठाउन नसकेकोले उनीहरु अहिलेपनि दमन खेपिरहेका छन ।

प्रवक्ता पठानले चिनियाँ शासकहरुले सिजियाङ्ग प्रान्तका उईगुर मुस्लिमलाई बन्धक बनाएर काममा लगाउने र दास जस्तै राख्ने गरेकाले मुस्लिम आयोग तथा सरकार दुवैले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्ने बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation