रामेछापमा जिप दुर्घटना, ३ जनाको हेलिकप्टरमार्फत उद्दार

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । बा।११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले  बताए । ४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौं ल्याइँदैछ । अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार हुँदैछ । बोलेरो जिप सडकबाट ५० मिटर तल खसेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation