प्रदेश राजधानीको धानखोला-लमही राजमार्ग चौडा पार्न अमेरीकाले सहयोग गर्ने

भालुवाङ । दाङ–कपिलवस्तुको सिमाना धानखोला देखि पश्चिम लमही नगरपालिकाको अर्जुन खोला सम्मको ४० किलोमिटर राजमार्गलाई १६ मिटरको चौडा बनाइने भएको छ । नेपाल सरकार तथा अमेरिकी सरकारको अनुदान सहयोगमा एमसीएन मार्फत ४० किलोमिटर सडकखण्ड मर्मत सम्भार परियोजना अन्तरगत सो सडकको मध्ये बिन्दुबाट दायाँबायाँ ८/८ मिटर गरी कुल १६ मिटर चौडाई रहने गरि सडक मर्मत सम्भार गर्न लागिएको सो परियोजनाका पुर्नबास विज्ञ रविन ढकालले जानकारी दिएका छन् ।

अवको ७/८ महिनाबाट सवै प्रकृया पुरा गरेर काम सुरु गरिने र काम सुरु भएको मितिले १५/१६ महिना भित्र काम सम्पन्न गरिसक्ने परियोजनाका पुर्नबास विज्ञ ढकालले जानकारी दिएका छन् । यसै बीच सो परियोजनाले शनिवार राप्ती गाउँपालिका ५ र ८ का सडक छेउका नागरिकलाई सिसहनियाँ बजारमा भेला गराई अव बन्ने सडकको संरचना बारे जानकारी गराउनुका साथै सल्लाह सुझाव समेत संकलन गरेको छ ।

सो भेलामा परियोजनाका सामाजिक सुपरभाइजर तारा लामिछाने, नवीन रावल, सडक छेउछाउका स्थानीय लगायतको उपस्थिीति रहेको थियो । यस अघि सडक डिभिजन कार्यालय दाङले पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको पुर्व पश्चिम राजमार्गको दायाँबायाँ ३१/३१ मिटर भित्रका संरचना हटाउन १५ दिने सुचना समेत जारी गरिसकेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation