एमालेले सत्ताका लागि अवाञ्छित गतिविधि गर्दैन : सचिव बिष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकतामा नभएको बताएका छन्। ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो।’(विषटले भने, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।

आइतबार विहान बुटवलमा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानीमा उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए पनि सरकार गठनको प्रक्रियाबाट ताढा नभाग्ने उल्लेख गरे । ‘लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौ तर त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुदैनौं। जनताको भावनालाई सिरमा राखेर काम गर्छौं।’ उनले थपे।

गुल्मीबाट प्रतिनिधीसभा सदस्यमा चौथोपटक निर्वाचित भएका बिष्टले गएको निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताए।
यो निर्वाचनले बाम आन्दोलन,ञ राष्ट्र र जनताको हितको लागि महत्वपुर्ण सन्देश दिएको छ। हामी जनताको त्यो म्याण्डेटलाई शिरमा राखेर काम गर्छौ बिष्ठले भने।

बिष्ठले एमालेको भुमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरीएपनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको बताए।

बिष्ठले बाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने समृद्धीको हित बिपरीत लाग्ने तथा दक्षिणपन्थी संग गठबन्धन गर्नेहरुसंग गठबन्धन गरेर सरकार बनाउन आफुहरु नलाग्ने बताए।

‘हामी लोकतन्त्रको मूल्य र मान्यतालाई केन्द्र भागमा राखेर सरकार निर्माणमा लाग्ने छौं। जनताको आशा र भरोषालाई माथि उठाउने गरी जनपक्षीय सरकार बनाउने काममा लाग्ने छौं। सरकार बनाउने र सामेल हुने विषय हाम्रो प्राथिमकिताको विषय होईन।’ उनले भने।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation