सिद्वार्थ क्याम्पसमा सहायता कक्ष सञ्चालन

कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा रहेको सिद्वार्थ क्याम्पसमा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । विद्यार्थीहरुका समस्यालाई समाधान गर्ने उद्देश्यले आज पुष ४ गतेबाट सञ्चालन भएको सहायता कक्षमा विशेष गरि स्नातक र स्नातकोत्तरका विद्यार्थीका समस्या प्रति लक्षित गरिएको छ ।

परीक्षा फाराम भर्न अलमलमा परेका विद्यार्थीहरुको सहजताकालागि हेल्प डेस्क सञ्चालन गरिएको अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटिका संयोजक पशुपति गिरीले जानकारी दिए । स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई हेल्प डेस्कमार्फत अनलाईन तथा लिखित फारामका बारेमा जानकारी प्रदान गर्दै आएको गिरीले बताए । गिरीले सबै तहका परीक्षार्थीलाई लक्षित गरेर हेल्प डेस्क सञ्चालन गरेको दाबी गरे ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation