सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । जिन्दगीमा दुस्खसुख आउँदै गर्छ साथै जान्छ पनि, दुस्खमा मात्रै हैन ,सुखमा मात्रै हैन जिन्दगी जीउन रमाइलो गर्नुपर्छ । रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको ‘रमझम रमझम लाग्छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका लुमा स्याङ्बोको सुन्दर आवाजमा रहेको गीतमा संगीतरएरेन्जर राम कार्कीको रहेको छ । भिडियो द लाइफ एक्सप्रेस मुभीबाट निर्माण भएको हो । सार्वजनिक गीतको कलाकारहरूमा करुणा बस्नेत, सोनु परियार, सुमन थापा, आयुष पोखरेलले अभिनय गरेकोमा अथिति कलाकारको रूपमा रोशन कुमार, एल बी लामाको भिडियोमा आगमन भएको देखिन्छ ।
सार्वजनिक म्युजिक भिडियोलाई मुख्य निर्देशक रोशन कुमारले निर्देशन गरेको र रचनात्मक निर्देशक प्रेम बस्यालले गरेको छ । श्रृङ्गार कृषा पोखरेलबाट गरिको थियो भने भेषभुषा अदिती कलेक्सनको रहेको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation