बुटवलमा केटा जिस्काउने ७ जना युवती पक्राउ

बुटवल । बुटवलका सडक, चोक तथा सार्वजनिक स्थानमाहरुमा केटा जिस्काउने युवतीहरु पक्राउ परेका छन् । सडकका पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक चोकमा महिलाको समूहले पैदलयात्री पुरुषहरुलाई यौनजन्य इसारा गरेर जिस्काउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इसाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेका थिए। पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ ९१० अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation