नेपाली काङ्ग्रेस बाणगङ्गा २ राजपुर टोल कार्यसमितिको बैठक सम्पन्न, अपाङ्गलाई राहत वितरण

कपिलवस्तु । नेपाली काङ्ग्रेस बाणगङ्गा वडा न. २ राजपुर टोल कार्यसमिति राजपुरको बैठक सम्पन्न भएको छ । उक्त बैठक विशेष गरि अपाङ्गहरुको सम्मान र राहत बितरणमा केन्द्रित रहेको थियो ।

समितिले काङ्ग्रेसको संगठन अबका दिनमा शसक्त तरिकाले लाग्नु पर्ने र भर्खरै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको र परिणाम जेजस्तो आयतापनी अझै काङ्ग्रेस सक्रिय भएर लाग्नु पर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।
साथै समितिले अपांग लाई मध्यनजर गरि अपांगमैत्री व्बिल चियर पनि वितरण गरेको छ । बाणगङ्गा नगरपालिका वडा न.२ राजपुर निवासी शंकर चौधरी लाई एकथान विल चियर प्रदान गरिएको हो ।

कार्यक्रम समितिका टोल सभापति जिवलाल पौडेलको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि कपिलवस्तु प्रदेश ’क’ का उपसभापति कृष्ण मुरारी ज्ञवाली साथै अतिथिहरु,वडा सभापति हिम बहादुर कार्की, नन्द नगर टोल समिति सभापति लेखनाथ कडेल, साथै राजपुर टोल समितिका पदाधिकारीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको राजपुर टोल सभापति जिवलाल पौडेलले जानकारी दिनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation