भारतकाे तमिलनाडुमा तीर्थयात्री चढेकाे कार दुर्घटना हुँदा आठ जनाकाे ज्यान गयाे

एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेकाे कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएकाे छ। दुई जना घाइते भएका छन् ।

भारतकाे केरलामा रहेकाे सबरीमाला मन्दिरकाे दर्शन गरेर तमिलनाडुकै सन्मुगासुन्दरपुरम गाउँ फर्किँदै गरेका दश तिर्थयात्री बाेकेकाे कार हिजाे बेलुका दुर्घटनामा परेकाे हाे। कार सडकबाट करिब ४० फिट तल खसेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइते भएका दुई जनाकाे उपचार भइरहेकाे खबरमा उल्लेख छ । उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार गम्भीर घाइते भएका उनीहरुकाे स्थानीय  अस्पतालमा उपचार भइरहेकाे छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation