![](https://upakaronline.com/wp-content/uploads/2022/12/320934488_1350950455654109_3380525703444700677_n-670x420.jpg)
उपकार अनलाईन, कपिलवस्तु ।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) लाई प्रधानमंत्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । नेपालमा गणतंत्र ल्याउन अध्यक्ष प्रचण्डको महत्वपूर्ण भूमिका रहेको साथै अब देश विकासको गति लिने बताउदै मशहूदले प्रचण्ड देशको प्रधानमंत्री हुनु सबैका लागि राम्रो हुने संकेत रहेको बताए ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, उपाध्यक्ष शैख जैस मक्की, नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा, तोफेल खान, असरफ खान लगायतले समेत हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।