उपकार अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक वडा अध्यक्षले अतिक्रमित जग्गा खालि गराउन् डोजर चलाउन सरु गरेका छन् । विजयनगर गाउँपालिका वडा नं ७ गणेशपुर, ढोडरी , मानपुरमा आज वडा अध्यक्ष दिनेश कुमार चौधरीले अतिक्रमित गरी बनाइएको अस्थायी टहरा , टाट हटाउन डोजर चलाएका हुन् ।
दोस्रो पटक सोहि वडामा निर्वाचित भएका वडा अध्यक्ष चौधरीले सार्वजनिक जग्गा अतिक्रमण , सडक अतिक्रमण गरी
व्यक्तिगत प्रयोजनका लागि गरेको भन्दै उनिहरुलाई सुचना काटिएको थियो। ३ महिना अतिक्रमित जग्गा खालि गर्न सार्वजनिक सुचना जारी गरे पनि अटेरी गरे पछि वडा अध्यक्ष चौधरीले आफै डोजर लिएर अतिक्रमित जग्गामा डोजर चलाउन लगाएको हुन ।
सडक अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमण , मठ मन्दिरको जग्गा अतिक्रमणलाई हटाउन हातमा कागज लिएरै टहरा हरु भत्काएका छन् ।यस अघि उनले आफ्ना वडा बासी लाई घर घर पुगेर अतिक्रमित जग्गा खालि गर्न सुचना दिएका थिए।
सडक अतिक्रमणका कारण दुर्घटनाहुने सम्भावना बढेको भन्दै उनले सब भन्दा पहिले सार्वजनिक सडकलाई खालि गर्न लगाएका छन् ।सडक छेउमा सडक अतिक्रमण गरी बनाइएका अस्थायी घरटहराहरु लाई हटाएका छन्। सो गाउँपालिका भित्र सार्वजनिक अतिक्रमित जग्गा खालि गराउने पहिलो वडा अध्यक्ष हुन दिनेश चौधरी।