कपिलवस्तु । पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक सञ्चारकर्मीले आफ्नो जन्मोत्सवको अवसरमा मानवीय कार्य गरि उदाहरणिय कार्य गर्नुभएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका १३ सिमलपानीमा जन्म भई आफ्नो अध्यन र कार्यको शिलसिलामा हाल कपिलवस्तु बाणगङ्गा निवासी सन्चारकर्मी अनि समाजसेवी अनिता क्षेत्री ले आफ्नो जन्मदिनको अवसरमा शितगङगा २ सितापुर निवासी नारायण पौडेलको यहि मिति २०७८-०७-१९ यात्रा गर्ने क्रममा ठाडा मा सवारी दुर्घटनमा भई हाल काठमाडौको किर्तिपुर हस्पिटलमा उपचारको क्रममा रहनु भएका पौडेलको स्वास्थ्य लाभको कामना गर्दै सञ्चारकर्मी क्षेत्रीले जन्मोत्सवको अवसरमा रु ३ हजार ३ सय आर्थिक सहयोग गर्नु भएको छ ।
कपिलवस्तु र अर्घाखाँचीमा सक्रिय रुपमा संचार क्षेत्रमा जोडिनुभएकी क्षेत्रीले आफ्नो जन्मोत्सवको अवसरमा सहयोग गर्नु भएको भन्दै पौडेल परिवारले उहाँलाई जन्मदिनको शुभकामना सहित हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सञ्चारकर्मी क्षेत्रीले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो । जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला क्षेत्रीले गतिलो उदाहरण दिनुभएको छ ।
उहाँले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । क्षेत्रीले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।