एमाले बुद्धभुमी २ वडा सचिवलाई मातृ शोक

कपिलवस्तु । नेकपा एमाले बुद्धभुमि २ वडा कमिटि सचिव शिवलाल ओलीलाई मातृ शोक परेको छ । ओलीको आमा हरिकला ओलीको पुस १३ गते निधन भएको बताईएको छ । २०१६ सालमा जन्मिनु भएकी हरिकला आफ्नो परिवार सहित गोरुसिङ्गेमा बस्दै आउनु भएको थियो ।

हरिकलाको निधन प्रति एमाले वडा र नगर कमिटिले दुःख व्यक्त गरेको वडा कमिटि अध्यक्ष जिवलाल पौडेलले बताउनु भयो । उहाँको निधनले एमाले प्रति आश्थावान शुभेच्छुक गुमाएको पौडेलले बताउनु भयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation