प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, गाउँपालिका समग्र विकास र समृद्धिमा फड्को मार्दै

प्युठान। गाउँपालिकाले समग्र विकास र समृद्धिमा फड्को मार्ने क्रम सुरु भैसकेको गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वताउनु भएको छ। गाउँपालिकाको समग्र विकास र समृद्धिका निम्नि सम्वद्ध सवै निकायहरु उत्तिक‌ै जिम्मेवार भएको पनि बताउनु भएको छ।गाउँपालिकाको सभाहल देविस्थानमा आज सम्पन्न प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न एवम् जिज्ञासाहरुको सवाल जवाफका क्रममा पालिका अध्यक्ष रोसनले यस्तो बताउनु भएको हो।यस्तै उहाँले गाउँपालिकाका हरेक गतिविधि राजनितीक पुर्वाग्रह अनुसार अगाडि वढेको भन्ने कुरा सरासर झुटो र कपोकल्पित मात्र भएको समेत स्पष्ट पार्नु भयो।गाउँपालिका सरकार आम माण्डवी वासीहरुको माग,आवस्यकता ,र समस्या पूरा गर्न पुर्ण रुपले प्रतिवद्ध रहेको उहाँको दावी थियो।विभिन्न शिर्षक र क्षेत्र अनुसार विनियोजित वजेटको आकार र अवस्था अनुसार त्यस तर्फ पालिका सरकार केन्द्रित भएको समेत उहाँले आस्वस्त पार्नु भयो।यता गाउँपालिकाले नि:शुल्क स्वास्थ्य विमा,पशुविमा,आधारभुत तहसम्मको शिक्षा नि:शुल्क लगाएका उदाहरणीय र महत्वकांक्षी कार्यहरुको प्रारम्भ गरेको पनि बताउनु भयो। स्थानीय सरकार ऐन,कानुर र विधि भन्दा बाहिर रहेर चल्न नसक्ने संकेत गर्दै सरकारका गतिविधिहरु त्यस भन्दा फरक वाटोमा केन्द्रित हुन गएको पाईए सरकारलाई तह लगाउन उहाँको चुनौती थियो।साथै राजनितिक रुपमा आग्रह र पुर्वाग्रही रुपले सरकारका कामकाज माथि अनावश्यक टिप्पणी नर्गन पनि उहाँको सुझाव थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गाउँपालिकाको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार प्रथम चौमासिक अवधिभर १९%मात्र विकास वजेट खर्च भएको पाईएको छ।विकास निर्माणकार्य को मुख्य वाधक नै प्राकृतिक विपद् भएको उहाँको निष्कर्ष थियो।यद्यपि केही योजना भने सम्झौता पश्चात् कार्यान्वयनमा गैसकेको उहाँले स्पस्ट पार्नु भयो।कार्यक्रममा शिक्षा,स्वास्थ्य ,सडक पुर्वाधार,कृषि ,खानेपानी तथा सिंचाइ लगाएतका विषयमा सहभागिहरुले सवाल उठाएका थिए ।गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सन्जय रिजालले कार्यक्रमको समग्र उद्देश्य ,अौचित्य तथा सान्दर्भिकताका विषयमा स्पष्ट पार्नु भएको थियो ।कार्यक्रमा जनप्रतिनिधि ,गाउँपालिकामा कार्यरत कर्मचारी ,शिक्षक ,स्थानीय राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु ,पत्रकार,सुरक्षा निकायका प्रतिनिधि ,स्थानीय समाजसेवी तथा वुद्धिजीवि,उद्योगी तथा व्यवसायी लगाएको उपस्थिति रहेको थियो।नेपाल पत्रकार महासंघ प्युठानको सहजीकरण रहेको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ प्युठानका कोषाध्यक्ष प्रज्वल पहाडीले गर्नु भएको थियो।     

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation